देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने १५ सांसद मुख्यमन्त्री राईद्धारा निलम्बित

देशान्तर

विराटनगर – प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ सांसदलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिएका छन् ।

गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण सोधिएकामध्ये १५ जनालाई संसदबाट निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले बताएका छन् । निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।

यता आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–माधव पक्षले ओली पक्षका प्रदेश–१ को संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएको छ । संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।