देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अघोषित लोडसेडिङ बन्द गर्न नेविसंघको माग

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ। नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै उपत्यका लगायतका ठाउँमा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले समस्या भोग्नु परेकोले तत्काल यसको अन्त्य गर्न माग गरे ।

अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएकोप्रति संघले ध्यानाकर्षण गराएको छ। दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ। विद्यार्थीले भोगिरहेको जटिल समस्याको समाधानका लागि विद्युत आपूर्ति सहज बनाउन संघका महामन्त्री तिमल्सिनाले सरकारसँग माग गरे ।