देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन् २०२० को अन्तिम दिन २५ दसमलव २१ अंकले बढ्यो नेप्से

देशान्तर

काठमाडौं – सन् २०२० को अन्तिम दिन आज बिहिबारको सेयर कारोवार सकारात्मक देखिएको छ । नेप्से आज २५ दसमलव २१ अंकले बढेर दुई हजार ८७ दसमलव २७ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि सात दसमलव चार अंकले बढेर तीन सय ९८ दसमलव ७० बिन्दुमा चढेको छ ।

दुई सय सात वटा कम्पनीहरुको ५० हजार तीन सय ८६ पटकको कारोवारमा एक करोड १४ लाख ६४ हजार दुई सय कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम पाँच अर्ब ७० करोड ३४ लाख ६९ हजार आठ सय ३७ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये निर्जिवन बीमा समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन् ।

आज बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव ५७ अंकले बढेर १५ सय ८५ दसमलव २२ बिन्दुमा चढेकोमा जलबिद्यु समुहको सुचक पनि चार दसमलव आठ अंकले बढेर १५ सय ८२ दसमलव ६९ बिन्दुमा चढेको छ । यस बाहेक बिकास बैंक, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेर पुरै हरियो भएको छ ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ हजार दुई सय ८१ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ७८ प्रतिसतले घटेर चार सय ३३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता पाँच हजार दुई सय ८० रुपैयाँ अन्तिम मुल्यमा ४६ करोड ८३ लाख १७ हजार तीन सय १७ रुपैयाँको कारोवार भएको छ ।