देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

देशान्तर

काठमाडौं । राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

त्यसको अघिल्लो दिन बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नतोहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ ।

यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुने बताइएको छ ।