देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिदेखि सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हट्ने

देशान्तर

काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर(बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वासथ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउने निर्णय भएको छ उनले भने ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।