देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलायो

देशान्तर

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । तर अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि नै बोलाइएको सभापति शाहले बताए ।

२०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर कानुनी प्रावधानविपरीत अनुभवहीन कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै विरोध भएको थियो ।