देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नौ महिनापछि काठमाण्डौ –नयाँ दिल्ली उडान सञ्चालनमा

देशान्तर

काठमाण्डौ – कोरोना महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहीबार देखि फेरि सुरु भएको छ । झण्डै नौ महिनापछि काठमाण्डौ–नयाँ दिल्ली उडान फेरि सञ्चालनमा आएको हो ।

नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्स को न्यारोबडी ए ३२० जहाजले काठमाण्डौबाट एक सय ४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाण्डौ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा एक सय ३५ इकोनोमिक र ६ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।