देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनुवाई आज हुने

देशान्तर

काठमाडौ । टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनुवाई आज हुने भएको छ । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीको मुद्दामा आज सुनुवाई हुन लागेको हो ।

चौधरीका कानुन व्यवसायी गजेन्द्र केसीले मुद्दाको सुनुवाई आज हुने जानकारी दिए । कानुन व्यवसायी केसीले चौधरीले सफाइ पाउने प्रशस्त आधारहरु भएको दाबी समेत गरेकाछन् ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । चौधरीलाई थुनामा रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।