देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

देशान्तर

काठमाडौ राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि देशव्यापी जनप्रदर्शन र संघर्षका कार्यक्रम घोषणा गरेको छ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै राप्रपाले पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पुस १२ बाट ७७ जिल्लामा आन्दोलनमा जाने निर्णय गरेको राप्रपाले जनाएको छ।

भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त राप्रपाले पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने जनाएको छ।

राप्रपाले पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने र पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन बताएको छ।