देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप नौ सय ३६ जनामा कोरोना सङ्क्रमण, १ हजार ९९६ सङ्क्रमणमुक्त

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ६९ पुगेको छ । गएको २४ घण्टामा सात हजार एक सय १७ जनाको पीसीआर परीक्षण भएको हो । अहिले नेपालमा ९ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३० पुगेको छ ।