देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुर्खेतका एकजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

सुर्खेत – सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार यही मंसिर २७ गते राति ११ बजे मृत्यु भएको थियो । उनको २८ गते बाँकेको नेपालगञ्जमा शव व्यवस्थापन समेत भैसकेको छ । मंसिर ८ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए ।