देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं – कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१७ की ७४ वर्षीया महिला र तनहुँको म्याग्दे गाउँपालिका-२ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखराकी ७४ वर्षीया महिलाको शनिबार राति ८:४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । डा. शर्माका अनुसार तनहुँका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९:३० बजे मृत्यु भएको हो । उनीमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।