देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा कोरोना संक्रमणबाट शाखा अधिकृतको मृत्यु

देशान्तर

काठमाडौं – कोरोना संक्रमणको कारण बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका ४ का शाखा अधिकृतको मृत्यु भएको छ। ५२ वर्षीय दानबहादुर विष्टको आइतबार मृत्यु भएको हो।

भेरी अस्पतालमा उपचाररत उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित बाँकेमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।