देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप ८९९ जनामा कोरोना सङ्क्रमण, १५ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको छ । नेपालमा अहिले ११ हजार छ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।