देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप १०४४ जनामा कोरोना सङ्क्रमण, थप ११ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय १४ जनाको नमुना परीक्षण गर्दा एक हजार ४४ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३२ हजार आठ सय ७२ पुगेको छ । अब नेपालमा १२ हजार एक सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै पाँच सय १९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ७४ पुगेको छ ।