देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार)विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाथिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।