देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप १०९६ जनामा कोरोना संक्रमण,थप १७ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको छ । आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार चार सय ९५ जनाको नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार सात सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ ।

अब नेपालमा १३ हजार पाँच सय ८२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १७ जना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार पाँच सय ९४ पुगेको छ ।