देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या तीन सय नाघ्यो

देशान्तर

काठमाडौ । विश्वका विभिन्न २० देशमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने नेपालीको सङ्ख्या तीन सय नाघेको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको मृत्यु भएसँगै विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय एक पुगेको छ । यो हप्ता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।


कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म विदेशका ४९ देशमा ४८ हजार ६ सय ३९ गैरआवासीय सङ्क्रमित भएका छन् । त्यही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो ।