देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणका कारण रुपन्देहीमा एकजनाको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४ ;१५ बजे मृत्यु भएको हो ।

उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।