देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा, कुकुर पनि परिचालन

देशान्तर

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् ।

अहिले पार्टी केन्द्रीय कार्यालय बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाका कुकुरलाई समेत गस्ती गराइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको प्रहरीले जनाएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।