देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई अध्यक्षबिचको वान–टू–वान वार्तापछि नेकपा सचिवालय बैठक सरु

देशान्तर

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएको बताइएको छ ।
दुई अध्यक्षबिचको वान–टू–वान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो।

बैठकअघि ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच झण्डै आधी घण्टा वार्ता भएको थियो ।

यसअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए।