देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमण बाट बाँकेमा थप एकजना पुरुषको मृत्यु

देशान्तर

काठमाडौ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१८ का ७३ वर्षीय पुरुषको शनिवार बिहान ६ः४५ बजे मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

कोरोना फोकल पर्सन केसीका अनुसार ती पुरुषलाई मंसिर १५ मा कोरोना भाइरस पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए।

ती पुरुषमा गम्भीर प्रकारको कोरोना संक्रमणसँगै निमोनिया र दीर्घरोग भएको समेत अस्पतालले जनाएको छ। योसँगै तुलसीपुरमा कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १८ पुगेको छ। उपमहानगरमा हालसम्म ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६५७ जना निको भइसेको छन्।