देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसम पूर्वानुमान : यी स्थानमा हल्का वर्षाको सम्भावना

देशान्तर

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो । 

महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जानकारी दिएको छ । यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ ।  

भने, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । यस्तै, शनिबार राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । भने, प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।