देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा ६४ अंकले बृद्धि

देशान्तर

काठमाडौ – नेप्से आज पनि उच्च अंकले बढेको छ । आज बुुधबार नेप्से ६४ दसमलव सात अंकले बढेर १८ सय ७४ दसमलव ८१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १२ दसमलव ९६ अंकले बढेर तीन सय ६२ दसमलव ३३ बिन्दुमा चढेको छ ।

एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये होटल समुहको सुचक घटेको छ भने बाँणिज्य बैक समुहको सुचक बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव चार अंकले बढेर १३ सय ९९ दसमलव ८१ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि आज २४ दसमलव ७८ अंकले बढेर १४ सय ७० दमसलव ९९ बिन्दुमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ७८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी ईक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य तीन दसमलव ६८ प्रतिसतले घटेर नौ रुपैयाँ ९५ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा परेको नेको इन्स्योरेन्सको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ४२ करोड २९ लाख ९८ हजार पाँच सय २५ रुपैयाँ २५ पैसाको कारोवार भएको छ ।