देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ ताेलामा एक हजार ८०० रुपैयाँले घट्याे

देशान्तर

काठमाण्डाै – स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनकाे मूल्य आज प्रतिताेला एक हजार ८०० रुपैयाँले घटेकाे हाे । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकाे महासङ्घले जनाएकाे छ  ।

सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत घटेकाे छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ३० रुपैयाँले घटेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।