देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर कारोवार रकमको नयाँ रेर्कड

देशान्तर

काठमाडौं – सेयर कारोवार रकमले आज आईतबार पनि नयाँ रेर्कड कायम गरेको छ । नेप्से आज सामान्य अंकले बढेपनि कारोवार रकम भने झण्डै सात अर्ब रुपैयाँ पुगेको छ । नेप्से आज चार दसमलव ६९ अंकले बढेर १७ सय ८२ दसमलव ८१ चढेकोमा सेन्सिटिभ पनि दुई अंकले बढेर तीन सय ४७ दसमलव सात अंकमा चढेको छ । आज २०१ कम्पनीहरुको ६३ हजार पाँच सय ७० पटकको कारोवार भएकाछन् । जसबाट एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ९० करोड ६७ लाख २८ हजार तीन सय १५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले गुमाएकाछन् भने तीन वटा समुहले कमाएकाछन् । जसमध्ये आज बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ४४ अंकले बढेर १३ सय ५१ दसमलव ९२ बिन्दुमा चढेकोमा बिकास बैक र अन्य समुहको सुचक पनि बढेको छ । निर्जिवन बीमा समुहको सुचक भने दुई सय ४३ दसमलव १४ अंकले घटेर नौ हजार तीन सय ६७ दसमलव ४९ बिन्दुमा झरेकोमा जीवन बीमा, जलबिद्युत, लघुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिटिजन्स म्युचअल फण्ड २ को प्रति युनिट सेयर मुल्य १० प्रतिसतले बढेर नौ रुपैयाँ ९० पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ९३ पैसाले घटेर दुई सय चार रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता ११ सय ३८ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड ९१ लाख १९ हजार दुई सय ६८ रुपैयाँको कारोवार भएको छ ।