देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण कोरियाद्वारा करिब २ करोड बराबरको विपद् उद्धार सामग्री सहयोग

देशान्तर

काठमाडौं । दक्षिण कोरिया सरकारले विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल स्थित दक्षिण कोरियाली दूतावासले १ करोड ८२ लाख रुपैयाँ बराबरको खोज तथा उद्धार कार्यमा प्रयोग हुने विभिन्न १७ प्रकारका सामग्रीहरु गृह मन्त्रालयलाई हस्तान्तरण गरेको हो । उक्त सामग्रीहरु नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क चोङसुकले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरे ।

प्राकृतिक रुपमा सुन्दर देश नेपालमा बेला बेलामा आइपर्ने प्राकृतिक विपद् न्युनिकरण र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले गृह मन्त्रालयलाई उक्त सामग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको दूतावासद्वरा जारी विज्ञप्तीमा उल्लेख छ । ती सामग्रीहरुमध्ये हिउ पहिरो, पहिरो तथा भुकम्पको भग्नावशेषमा पुरिएका घाइते मानिसहरुको खोज तथा उद्धारमा प्रयोग हुने राडर (जीपीआर) पनि रहेको छ । उक्त राडरले २० मिटरसम्म तल जमिन वा भग्नावशेषमा पुरिएका घाइतेहरुको संकेत पत्ता लगाएर उनीहरुको उद्धार गर्न मद्दत पु¥याउने विज्ञप्तीमा जनाइएको छ । यसैगरी परिएका लासहरुको खोजबीनमा प्रयोग हुने डिस्प्लेसहितको मेटल डिटेक्टर पनि प्रदान गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा राजदूत पार्कले कोरियाली सरकारले नेपाललाई विविध क्षेत्रमा सहयोग गर्दै आएको र यसैको निरन्तरता स्वरुप प्राकृतिक विपद्का बेला गर्नुपर्ने खोज तथा उद्धारमा सहयोग पुगोस भन्ने उद्देश्यले यी सामग्रीहरु हस्तान्तरण गरिएको बताए ।

गृह मन्त्रालयका सचिव न्यौपाले कोरिया नेपालको एक असल मित्र राष्ट्र भएको बताउँदै उद्धार सामग्री सहयोगका निम्ती कोरिया सरकारप्रति आभार प्रकट गरे ।