देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

देशान्तर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकामा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ ।