देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाका सांसदहरुलाई काठमाडौं आउन निर्देशन

देशान्तर

सत्तारुढ दल नेकपाले आफ्ना सांसदहरुलाई काठमाडौं बोलाएको छ । पार्टी भित्र दुई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको मतभेद चुलिँदै जादा दशैं मान्न गएका सांसदहरुलाई काठमाडौं आउन भनिएको हो ।

संसदीय दलबाट निर्देशन नभएपनि दुवै पक्षका नेताहरुले आ आफ्नो तरिकाले सांसदहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन् । अधिकांश सांसदहरु आज बेलुकासम्म काठमाडौं आईपुग्ने एक सांसदले देशान्तरलाई जानकारी दिए । उनले भने ‘अहिले संसद नभएकाले दशैं अघि जिल्लामा आएका थियाै‌ं, संसद पनि छैन यस्ताेमा यतै बस्ने भनेकाे पार्टीका नेताहरुबाट काठमाडाैं आउन भनिएकाे छ । त्यसका लागि म काठमाडाैं आउँदै छु ।’ नबाेलाएकाे भए तिहार पछि मात्रै काठमाडाैं आउने याेजना बनाएकाे पनि ति सांसद्ले बताए ।

दुवै अध्यक्षले आफ्ना पक्षका नेताहरुसँग जुनशुकै बेला पार्टीमा दुर्घटना हुने बताइरहेका बेला सांसदहरुलाई काठमाडौं आउन निर्देशन दिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । एक सांसदका अनुसार संसद वैठक बोलाउनका लागि निवेदन दिने तयारी पनि भइरहेको छ ।

संसद अधिवेशन शुरु भयो भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजानेगरि तयारी भइरहेको पनि ती सांसदले जानकारी दिए ।

प्रचण्ड र माधव नेपाल पक्ष अहिले एक ठाउँमा देखिएको छ । प्रचण्डले सरकारले पार्टीले दिएको निर्देशन अनुसार सरकार नचलेको आरोप लगाउँदै आएका छन् भने केपी पक्षले प्रचण्डले पार्टी र आफूहरुले सरकारको काम गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।