देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमबार सुनको मूल्य स्थिर

देशान्तर

काठमाडौँ – सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रही प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि छापावाला सुन तोलाको ९५ हजारमा नै कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य भने तोलाको रु १० ले बढेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।