देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज नेप्सेमा दोहोरो अंकको बृद्धि

देशान्तर

काठमाडौं – साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । १२.४७ अंकले बढेको नेप्से १५८२।८४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.४ अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ । आज १९३ कम्पनीको ४९ लाख १३ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक उकालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७।३५, व्यापार ५.०७, होटल १५.८५, विकास बैंक १९.८२, जलविद्युत् २६.७९ अंकले बढेको छ । त्यस्तै फाइनान्स ३.८२, निर्जिवन बिमा ५३.३५, उत्पादन २४.२६, अन्य ११.०५, माइक्रोफाइनान्स १५.४१, बिमा ७३.२५ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ । आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन ।