लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट संचालनमा आएका छन् ।
कोभिड १९ भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ मा लकडाउन गरेपछि बन्द भएका लामो दूरीका सार्वजनिक यातायात चलाउन दिने सरकारको २९ भदाैकाे निर्णयसंगै आजदेखि संचालनमा आएका हुन् ।
तर कोभिडकाे त्रासकै कारणले यात्रु अभावमा आज पहिलो दिनको विहनी काठमाण्डौ उपत्यकाबाट बाहिर जाने यातायातको संख्या भने एकदमै थाेरै थियाे ।
काठमाण्डौ कलंकी, बल्खु र कोटेश्वर नाकाबाट विहान केही सुमो र माइक्रो बस मात्र बाहिरिएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउदै यातायात संचालन गर्न अनुरोध गरेको छ ।
यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ । सरकारले पनि आबश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्न अनुरोध गरेको छ ।
सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ । यसैबीच सरकारले आन्तरिक हवाइ उडान पनि आजबाटै संचालन गर्ने निर्णय गरेपनि हवाइ सेवा ५ गतेबाट संचालनमा आउने भएका छन् ।
प्रतिक्रिया