देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं – पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।