देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको उद्दार र राहतमा जुट्न नेकपा अध्यक्ष दाहालको अनुरोध

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी मृत्यु तथा बेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन्। उनले आइतबार शोक वक्तव्य जारी गर्दै पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गरेका छन्।

शोक वक्तव्य उनले भनेका छन्, ‘सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं –७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ।

दाहालले यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।