देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६७ जना कोरोना संक्रमित गण्डकी प्रदेशमा थपिए

देशान्तर

पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्समा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना पनि संक्रमित भएका छन । तिमध्ये दुई स्वास्थ्यकर्मी र दुई जना कर्मचारी रहेका छन् । त्यसैगरी पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित थपिएका हुन् । तिमध्ये कास्कीका ३१ जना, नवलपरासी पुर्वका १५ जना, गोरखाका १८ जना र तनहुँमा तीन जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।