देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परिवारमा कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्री ढकाल क्वरेण्टीनमा

देशान्तर

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल होम क्वरेण्टीनमा बसेका छन् । उनका छोरालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मन्त्री ढकाल घरमै क्वरेण्टीनमा बसेका हुन् ।

उनको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा छन् । मन्त्री ढकालका छोरा बैंकमा कार्यरत थिए । कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।