देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सा र बारामा २६ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । पर्साका २४ र बाराका २ जना गरी वीरगंजमा २६ जना कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंज पिसिआर प्रयोगशालाले जनाएको छ । अबेर राति प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्ट अनुसार शनिवार गरिएको ५१० परीक्षणमा पर्सा र बाराका ५ महिलासहित २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमितहरु १६ वर्षदेखि ६४ वर्षका उमेरका रहेका छन् । संक्रमितमध्ये तीनजना २४ सिटी भ्यालुभन्दा माथि छन् भने २३ जना २४ सिटी भ्यालुभन्दा कम रहेको नारायणी अस्पतालले जनाएको छ ।