देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटनमन्त्री भट्टराईद्वारा जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई सहयोग

देशान्तर

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेकाछन् ।

खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेको भट्टराईले सचिवालयले जनाएको छ । गएको वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार चलिरहेको छ ।

नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ प्रदान गरेको हुन् ।