देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा शुक्रबार थप ४३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौ । गण्डकी प्रदेशमा शुक्रबार थप ४३ जना कोराना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु नवलपरासी पूर्वका २४ जना, गोरखाका १६ जना रहेका छन् भने मनाङ, कास्की र स्याङजाका एक एक जना रहेका छन् ।

मनाङ, चामेका १ जना नेपाल प्रहरीमा कार्यरत छन् भने गोरखा जिल्ला अजिरकोटका संक्रमित व्यक्ति भारतबाट आएका हुन् ।

अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७६६ रहेको छ भने निको हुने दर ७५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म २३९७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।