देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा मात्रै ६ सय १३ सहित कोरोना संक्रमण हुने प्रहरीको संख्या २ हजार नाघ्यो

देशान्तर

काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुने नेपाल प्रहरीका कर्मचारीको संख्या २ हजार नाघेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म देशभर गरी २ हजार ३२ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण देखिनेमा प्राविधिक तर्फका २ जना नायव महानिरीक्षक ९डीआईजी० समेत छन् ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६ सय १३ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यका पछि सबैभन्दा बढी प्रदेश १ मा २ सय २ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । यस्तै, प्रदेश २ मा १ सय १४ र काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशमा ५५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशमा ८०, प्रदेश ५ मा ९३, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १५ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण देखिएका प्रहरी कर्मचारीमध्ये ८ सय २० जना संक्रमण मुक्त भइसकेका छन् । अझै १ हजार २ सय १२ जना सक्रिय संक्रमित छन् ।