देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

देशान्तर

काठमाडौ । कोरोना संक्रमणका कारण रुपन्देहीमा आज ( शुक्रबार ) थप दुईजनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको बताईएको छ ।

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उनी मिर्गौलाका बिरामी पनि थिए र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उनको घरमै मृत्यु भएको हो ।

योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नै बुटवलको कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको थियो ।

भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा शुक्रबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले पुष्टि गरे ।