पर्सा – वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति मृत्यु भएको थियो ।
नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउए ।
ती महिलालाई पहिला वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल , वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।
अन्तिममा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ ।
प्रतिक्रिया