देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउथ अभिनेत्री ऐश्वर्यामा पनि कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । साउथ फिल्मकी चर्चित अभिनेत्री ऐश्वर्या अर्जुनलाई कोरोनाभाइरसको संक्रमण देखिएका छ । साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी ऐश्वर्याले आफुलाई कोरोना पुष्टि भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना भएको बताउदै आफु नजिक भएका सबैले कोरोना परिक्षण गर्न सुझाव दिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ ।

अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु । पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।” उनले सन् २०१३ मा तमिल फिल्म ‘पट्टाथु यानाई’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी थिइन् ।