देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस बैठक दिउँसाे, एजेण्डा महाधिवेशन

देशान्तर

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल का लागि बैठक बस्दै आएको छ ।

काँग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सो तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले सोबारेमा जानकारी गराएका थिए .

सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा काँग्रेस निरपेक्ष रहने बताएका थिए । आजको बैठक दिउँसो २ बजेपछि शुरु हुने छ ।