देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाको स्थायी समिति आज, ओली र प्रचण्ड आ–आफ्नै अडानमा

देशान्तर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना रहेको छ ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय कपी ओली र पुष्पकमल दाहाल  प्रचण्डबीच छलफलको तयारी पनि गरिएकाे छ ।

ओली र प्रचण्डले आइतबार गठन गरेको अनौपचारिक कार्यदलले दिने सुझावका आधारमा विवाद समाधानको प्रयास गरिंदैछ । तर दुबै पक्ष हिजो साँझसम्म आ–आफ्नो अडानबाट पछि नहटेकोले आज पनि सहमतिको संभावना भने न्युन रहेको छ ।
पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन ।

हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो.बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।