देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिरामी हेर्न मन छ, तर कुटाई खाने डर छ माइतीघरमा डाक्टरको नारा

देशान्तर

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै चिकित्सकको एक टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा। झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनमा सहभागी नेपाल मेडिकल कलेजका डा. मणिविकास गुप्ताले जानकारी दिए ।

आइतबारको प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी थिए । प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाई खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु रु न्याय खै रु जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।