देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लायन्स क्लव तारकेश्वर मुनिभैरवद्वारा रक्तदान

देशान्तर

काठमाडौं । हिजो शनिबार लायन्स क्लव अफ काठमाण्डु तारकेश्वर मुनिभैरवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डु कृष्णगण्डकी, लायन्स क्लव अफ काठमाण्डु प्रभु (आरटी), लायन्स क्लव अफ काठमाण्डु प्रसन्न सेफ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नासा स्कूल गैरीगाउँ तीनकुनेमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । हाल लकडाउनको कारण सबैतिर रगतको कमी भइरहेको बेलामा यस कार्यक्रमलाई सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रममा क्लवकी अध्यक्ष अनिता बस्नेतसहित पदाधिकारी र अन्य सबैले रक्तदान गरेका थिए । उक्त क्लव महिलाहरुको सक्रियतामा स्थापना भएको हो र क्लवले समय समयमा समाजिक कार्यहरु गर्दै आइरहेको बस्नेतले बताइन् ।