देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्वारेन्टाइनमा मृत्यु भएका बागलुङका युवकको कोरोना रिर्पोट पोजेटिभ

देशान्तर

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवकको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।

उनी केही समय अगाडि भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए । उनीसहित भारतबाट आएका उनका परिवारका ५ जनाको स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको डा. मल्लले बताए ।

डा। मल्लाका अनुसार नेगेटिभ आएका सबैको पुनः पीसीआर परीक्षण गरिने छ । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।