देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँ र बाग्लुङमा गरी ३ जनामा कोरोना पुष्टि

देशान्तर

गण्डकी प्रदेशमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यो संगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ ।

संक्रमितलाई सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।