देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चट्याङले एकको मृत्यु

देशान्तर

काठमाडौँ । बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिएका छन् ।

अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनस्थल पुग्न गाउँबाट करिब पाँच घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।